Logo

राष्ट्रबैंकका डेपुटी गभर्नरलाई यसकारण दिइयो गाडी उपहार



काठमाडौं, २६ कात्तिक । नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको निलम्बनले बैंकिङ क्षेत्रमा तरंग मच्चिएको छ । निलम्बन गरेर उनीमाथि छानबिन सुरु भएसँगै अन्य केही बैंकर तथा राष्ट्रबैंककै कर्मचारीको सातो गएको छ ।

शिवराजको समूहले बैंकिङ क्षेत्रमा अराजकता मच्चाउन खोजेको प्रारम्भिक छानबिनमा खुलिसकेको छ । केही बैंकहरुको अनियमिततालाई समेत उनले ढाकछोप गर्दै आएका थिए । त्यसकारण बैंकमा भएका ती अनियमितता समेत बाहिर आउने सम्भावना छ ।

श्रेष्ठलाई एक बैंकले टक्सन गाडी उपहार दिएको प्रमाणसमेत भेटिएको छ । ठूलो अनियमितता लुकाउन उनले गाडी उपहार लिएका थिए । गाडी नम्बरसहितको विवरण छानबिन समितिले संकलन गरिसकेको छ ।

त्यस्तै उनी विदेश जाँदा बैंकहरुलाई टिकट कटाउन लगाउँथे । शुक्रबार सधैंजसो पाँचतारे होटलमा जाने र त्यसको बिल बैंकहरुलाई पठाउने गरेको समेत अनुसन्धानको क्रममा खुलिसकेको छ । स्रोतका अनुसार उनीसँग उनको कोर टिममा रहेका राष्ट्रबैंकका अन्य कर्मचारीको समेत अनियमितता खुल्ने सम्भावना छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नै श्रेष्ठमाथि प्रारम्भिक छानबिन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको थियो । सोही आधारमा सरकारले उनीमाथि थप छानबिन गरेको हो । छानबिनपछि उनलाई पदमुक्त गरी थप कारबाहीका लागि प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने तयारी भइरहेको स्रोत बताउँछ ।-दृष्टि बाट



प्रतिक्रिया दिनुहोस्