Logo

सीमानामा थप १ सय बढी ‘बीओपी’ थपिँदै



काठमाडौं, कार्तिक २७ । सरकारले भारत र चीनसँग सीमाना जोडिएका स्थानको सुरक्षालाई सशक्त बनाउने गरी थप बोर्डर अब्जर्भर पोस्ट बीओपी राख्ने गरी सघन तयारी अघि बढाएको छ ।

चीनसँगको सीमा क्षेत्रमा समेत सरकारले पहिलोपटक स्थायी बीओपी राखेर सीमा सुरक्षालाई बलियो बनाउनेगरी तयारी गरेको हो । भारतले नेपाली भूमि लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेलगत्तै सीमा सुरक्षाका विषयमा राष्ट्रिय एकता बनेको सरकारले बताउँदै आएको छ ।

गृहमन्त्री रामबहादुर थापाले सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नै सीमा सुरक्षामा राष्ट्रिय एकता बनेको र सीमा सुरक्षाका लागि थप बीओपी सञ्चालन गर्न लागिएको बताएका थिए ।
सरकारले भारत र चीनसँग जोडिएका थप १ सय स्थानमा सशस्त्र प्रहरीकोे प्रस्तावमा थप बीओपी राख्ने गरी तयारी गरेको हो ।
गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्माले भारत र चीनसँगका सीमा क्षेत्रमा १ सयभन्दा बढी बोर्डर अब्जर्भर पोस्ट बीओपी थप गर्नेगरी नीतिगत तयारी अघि बढिसकेको बताए ।



प्रतिक्रिया दिनुहोस्