Logo

प्रिन्टरले काम गरेन, कर्मचारी विदेश सयरमा



काठमाडौं,कार्तिक २७ । प्रयोगात्मक परीक्षा ट्रायल पास गरेर स्मार्ट लाइसेन्सको पर्खाइमा रहेको सेवाग्राहीको समस्या समाधानका लागि यातायात व्यवस्था विभागले खरिद गरेको मास प्रिन्टरले अझैसम्म काम गर्न सकेको छैन।

सरकारले कालोसूचीमा राख्नुपर्ने मद्रास सेक्युरिटी प्रिन्टर्स एमएसपीलाई मास प्रिन्टर खरिदको ठेक्का सुम्पिँदा प्रिन्टरमा सरकार ठगिन पुगेको छ।

स्मार्ट लाइसेन्स छपाइको काम अलपत्र पारेर सरकारलाई धोका दिने एमएसपीलाई नै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र एमएसपीका स्थानीय एजेन्ट सुबोध त्रिपाठीको साँठगाँठमा मास प्रिन्टर खरिदको ठेक्का दिँदा गुणस्तरहीन उपकरण आयात गरिएको मन्त्रालयका उच्च अधिकारीहरूको भनाइ छ।

एमएसपीले मास प्रिन्टर खरिदका लागि ठेक्का सम्झौता भएको ६० दिन अर्थात् असार २९ गतेभित्र प्रिन्टर आपूर्ति गरिसक्नुपथ्र्यो तर एक महिना ढिला गरी ल्याइएको प्रिन्टर तीन महिना बितिसक्दा पनि प्रयोगमा आउन नसकेको हो।नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्