Logo

लोकसेवा आयोगको पाठ्यक्रम परिमार्जन,प्राविधिक पदमा विषयगत परीक्षण अनिवार्य



काठमाडौं, कार्तिक २७ । लोकसेवा आयोगले पहिलोपटक प्राविधिक पदको पाठ्यक्रममा परिमार्जन गरेको छ । परिमाजनसँगै प्राविधिक पदहरूको परीक्षामा विषयगत विश्लेषण क्षमता परीक्षणलाई अनिवार्य गराइएको आयोगले जनाएको छ ।

आयोगले यसअघि प्राविधिक पदका वस्तुगत परीक्षण प्रणाली मात्रलाई योग्यता मापनको आधार मान्ने गरेको थियो । आयोगले लामो समयपछि प्राविधिकतर्फका सेवा÷समूह तथा उपसमूहअन्तर्गतका पदको पाठ्यक्रममा परिमार्जन गरिएको जनाएको छ ।

आयोगले पाठ्यक्रमलाई समयानुकूल बनाउन र अधिकतम योग्य उम्मेदवार छनोट हुने व्यवस्था मिलाउन पाठ्यक्रममा परिमार्जन गरिएको जानकारी दिएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्