Logo

मेक्सिकोमा शरण पाएका बोलिभियाका पूर्व राष्ट्रपति भुईँमै सुते



बोलिभियाका निवर्तमान राष्ट्रपति इभो मोरल्सलाई मेक्सिकोले शरण दियो । उनलाई लिन गएको जेटले निकै लामो प्रक्रिया पूरा गरी ल्यायो ।

जेटले जाँदै गर्दा शुरुमा तेल भर्न पेरुमा अवतरणको अनुमति पायो तर फर्कंदा पाएन । पेरुमा अवतरणको अनुमती नपाएपछि पाराग्वेमा अवतरण गर्यो । त्यसका लागि निकै तनाव भयो । मेक्सिकोको जेट बोलिभिया पुगेको चासो संसारभर भयो ।

मेक्सिकोको वामपन्थी सरकारले मोरल्सको भव्य स्वागत गर्यो । विशेष जेटबाट ल्याइएको आदिवासी नेता मोरल्स भने भुईँमै सुते । उनी कुनै आलिसान महलमा छैनन् । सामान्य कोठाको भुईँमा तन्ना राखेर पल्टिएका छन् । झुल हालेका छन् । पल्टिएर मोबाइल चलाइरहेका छन् ।

उनले ट्वीटमा आफू बसेको तस्बिर राख्दै मेक्सिकोमा शरण लिएको पहिलो रात भनेका छन् । उनले प्रहरीको बलमा कू गरी राष्ट्रपतिबाट राजीनामा दिन वाध्य गराइएको लेखेका छन् । आफूले राजनीतिका संघर्षका दिनलाई पुनः स्मरण गरेको उल्लेख गरेका छन् ।-एजेन्सी Photo Source: Twitter



प्रतिक्रिया दिनुहोस्