Logo

भ्रमण वर्ष उद्घाटनमा ४० देशका कलाकार र पर्यटनमन्त्री आउने



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षको उद्घाटनमा ४० देशका पर्यटन मन्त्री आउने बताएका छन् ।

उक्त अवसरमा ४० भन्दा बढि देशका प्रसिद्ध कलाकारहरु समेत सहभागी हुने मन्त्री भट्टराईको भनाइ रहेको छ ।अन्तर्रा्ष्ट्रिय क्षेत्रमा कुटनीतिक नियोगहरुलाई जनवरी ७ मा भ्रमण वर्षको उद्घाटनको तयारी गर्न आवश्यक पत्रचार अनुसार भईसेकेको पनि उनले बताए ।

विदेशस्थित नेपालको दूताबासमा सोही देशका प्रधानमन्त्री, राष्ट्रपति, उच्च तहका नेता, पर्यटन व्यवसायी, कलाकारहरुको उपस्थितिमा भ्रमण वर्षको शुरुवात गर्न पत्रचार गरिसकेको मन्त्री भट्टराईको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्