Logo

हिलारी क्लिन्टनले फेरि अमेरिकी राष्ट्रपतिको चुनाव लड्न सक्ने



हिलारी क्लिन्टन फेरि एकपटक अमेरिकी राष्ट्रपतिको चुनावमा उम्मेदवार बन्न सक्ने सम्भावना बढेको छ । २०२० मा हुन गइरहेको चुनावमा उनी ट्रम्पविरुद्ध डेमोक्रयाटिक पार्टीबाट उम्मेदवार बन्न सक्ने सम्भावना बढेको हो ।

डेमोक्रयाटिक पार्टीभित्र ट्रम्पलाई कडा चुनौती दिनसक्ने उम्मेदवार नभेटिइरहेको अवस्थामा उनको नाम समेत चर्चामा आएको हो । बीबीसीसँगको अन्तवार्तामा उनले आफू उम्मेदवार बन्दै नबन्ने भन्ने नभएको बताइन् । आफूमाथि उम्मेदवार बन्न ठूलो दबाब बढिरहेको समेत खुलाइन् ।

७२ वर्षीया क्लिन्टन सन् २०१४ को राष्ट्रपति निर्वाचनमा ट्रम्पसँग पराजित भएकी थिइन् । अमेरिकाको प्रथम महिला राष्ट्रपति बन्ने क्लिन्टनको प्रयास पटक पटक असफल भइसकेको छ । उनी २००६ मा डेमोक्रयाट उम्मेदवार चयन हुन असफल भइन् । २०१४ मा चयन भएपनि रिपब्लिकन पार्टीका ट्रम्पसँग पराजित भइन् । पछिल्लो भनाईले उनले हरेस नखाएको देखिएको छ ।-एजेन्सी File Photo



प्रतिक्रिया दिनुहोस्