Logo

विष्णु रिमाललाई हटाउन नहुने शंकर पोखरेलको सुझाव



काठमाडौं, २७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सल्लाहकार टोलीसँग राजीनामा मागेको विषय बाहिर आइरहँदा उनीनिकटस्थ एकजना नेताले प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालको पक्ष लिएका छन् । प्रदेश नम्बर ५ का मुख्यमन्त्री समेत रहेका शंकर पोखरेलले विष्णु रिमाललाई प्रमुख सल्लाहकारका रुपमा निरन्तरता दिनुपर्ने भनेका छन् ।

ओलीका विश्वासपात्र समेत मानिएका पोखरेलले फेसबुकमा लेख्दै रिमाललाई भरोसायोग्य सारथी भनेका छन् । उनले लेखेका छन्, ‘प्रमको समृद्ध नेपाल सुखी नेपाली अभियानको भरोसायोग्य सारथी हो कमरेड विष्णु रिमाल । प्रमुख सल्लाहकार परिवर्तन हल्ला सावित हुनेछ ।’

प्रधानमन्त्री ओलीले सल्लाहकार टोलीका विष्णु रिमाल, राजन भट्टराई, कुन्दन अर्याल, अस्गर अलीलगायतको सामूहिक राजीनामा मागेको विषय बाहिर आएको थियो । उनीहरुले मंसिर १ देखि लागू हुने गरी राजीनामा बुझाइसकेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्