Logo

कामाख्या मन्दिरको रहस्य



कामाख्या मन्दिर असामको राजधानी दिसपुर नजिक गुवाहाटीबाट आठदेखि १० किलोमीटरको दुरीमा अवस्थित छ । शक्तिकी देवी सतीको मन्दिर पहाडमा अवस्थित रहेको छ । त्यस मन्दिरको तान्त्रिक महत्व रहेको छ । प्राचीन कालदेखि वर्तमान समयसम्म तान्त्रिक स्थानको सर्वोच्च तीर्थस्थल मानिन्छ । मन्दिरको पूर्वी गेटबाट असाम राज्यको राजधानी विजपरदेखि ६ किलोमिटर दुरीको स्थानमा निलशेल पर्वतमालामा अवस्थित माता भगवतीको मन्दिर अवस्थित छ । सोही स्थानमा माता भगवती कामाख्याको सिद्ध शक्तिपीठ सतीको महामुद्रा (योनि) कुण्ड रहेको छ ।

५१ ओटा शक्तिपीठ मध्ये कामाख्या शक्तिपीठ धेरै प्रसिद्ध र चमत्कारीक मन्दिर हो । त्यस मन्दिरमा देवी दुर्गा र माता अम्बेको चित्र कसैले देख्न सक्दैन । किनभने मन्दिरमा एक कुण्ड बनाईएको छ जहाँ सधै फुलले ढान्ने गरिन्छ । त्यस कुण्डबाट सधै पानी निस्कने गर्दछ । चमत्कारीताले भरिएको त्यस मन्दिरमा देवीको योनीको पूजा गर्ने गरिन्छ । योनीको भाग भएकै कारण माता रजस्वला पनि हुने गर्छिन् ।

पौराणीक कथा अनुसार त्यस ठाउँमा भगवान शिवको सतीप्रतिको ध्यान भंग पार्नका लागि भगवान विष्णुले चक्रको माध्यमबाट सतीको अंगलाई ५१ भाग गराएका थिए । जहाँ सतीको एक भाग य¥यो त्यहाँत्यहाँ एकएक शक्तिपीठ उत्पन्न भए । त्यस ठाउँमा सतीको योनी खसेको थियो जुन आज धेरै शक्तिशाली पीठ भनेर चिनिन्छ ।

हरेक वर्ष अम्बुबाचीमा लाग्ने मेलाको अवसरमा ब्रम्हपुत्रको पानी तीन दिनका लागि रातो हुने गर्दछ । कामाख्या देवीको रजस्वलाका कारण पानी रातो हुने गर्दछ । तीन दिनपछि दर्शन गर्नका लागि भत्तजनहरुको भीड लाग्ने गर्छ ।


भनिन्छ माता रजस्वला भएको तीन दिनसम्म सेतो कपडा मन्दिरको भित्र ओछ्याउने गरिन्छ । तीन दिनपछि मन्दिरको ढोका खोलिन्छ । उक्त सेतो कपडा रजस्वलाकै कारण रातो र भिजेको हुन्छ । त्यस कपडालाई अम्बुबाचीको बस्त्र भन्ने गरिन्छ । उक्त कपडा दर्शन गर्न आउने भक्तजनहरुलाई प्रसादका रुपमा दिने गरिन्छ ।

-धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्