Logo

भारतीय हस्तक्षेपविरुद्ध नेविसंघ : ग्रामीण र एनआर कलेजका विद्यार्थी उत्रिए सडकमा



काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बुधबार पनि भारतीय हस्तक्षेपका विरुद्ध प्रदर्शन गरेको छ । नेविसंघ ग्रामिण आदर्श बहुमुखी क्याम्पस र एन आर बहुमुखी क्याम्पसको आयोजनामा नेपालटार, बाइपास, माछापोखरीक्षेत्रमा भारतीय हस्तक्षेप विरुद्ध प्रदर्शन गरेको हो ।

नेविसंघ निबर्तमान केन्द्रिय सदस्य सुशील भट्टको नेतृत्वमा भएको बिरोध प्रदर्शनमा नेबिसघका नेताहरू निरन्जन थापा, इश्वर अधिकारी, पबन थापा, सन्तोष गुरुङ, सुवास घिमिरे, स्वेच्छा उप्रेती, ठाकुर प्रसाद नेपाल, लक्ष्मी सिलवाल, किरण भट्टराई, जीवन राना, प्रबिन गुरुङ, विशाल देबकोटा, सन्तोष दाहाल, सौरब घिमिरे, प्रदीप जग साह, सुस्मिता गुरुङ, सुशील ढकाल, भिम अधिकारी लगायत विद्यार्थी थता स्थानीयको उपस्थिति रहेको थियो । नेपालटार ग्रामिण र एन आर कलेजबाट सुरु भएको विरोध ¥याली बालाजु परिक्रमा गरेर क्याम्पसमै पुगेर समापन भएको थियो ।

भारतले नेपाली भूमि कालापानी, लिपुलेकलाई समेटेर भारतले नयाँ नक्सा सार्वजनिक गरेको विरोधमा नेविसंघ काठमाडौंका विभिन्न स्थानमा दिनदिनै प्रदर्शन गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्