Logo

रजस्वला हुने देवीको मूर्ती



कामाख्या मन्दिरमा मनोकामना पूरा गर्नका लागि कन्यालाई पूज्नेसाथै भोजन गराउने गरिन्छ । त्यहाँ चौँपायाको बली दिने गरिन्छ तर महिला जनावरको बली दिइदैन ।
काली र त्रिपुंरा सुन्दरीदेवी पछि कामाख्या माता तान्त्रि शक्तिकी सबैभन्दा महत्वपूर्ण देवी हुन् । देवीको पूजा भगवान शिवको नवबधुका रुपमा गर्ने गरिन्छ । त्यसपछि सबै पापको क्षमा गर्ने र मनोकामना पूरा हुने धार्मिक मान्यता रहेको छ ।

मन्दिरमा परिसरमा जुनसुकै भक्त आफ्नो मनोकामना लिएर जान्छ उसको हरेक इच्छा पूरा हुने गर्दछ । कामाख्या मन्दिरसँगै माताको मूर्ति विराजमान छ ।
कामाख्या देवीको तान्त्रिक मन्त्रबाट व्यक्तिको जीवनमा आइपर्ने हरेक दुखका घटनासँग लड्ने क्षमता मिल्दछ । कतिपय मानिसहरु धन प्राप्ति, सन्तान प्राप्ति जस्ता हरेक मनोकामना पूरा गर्नका लागि त्यस मन्दिरकमा जाने गर्दछन् ।

कामाख्या मन्दिरमा जुनसुकै व्यक्तिलाई जान दिइदैन । माताको दर्शन हुने ठाउँमा एउटा ढुंगा रहेको छ जहाबाट सधै पानी आउने गर्दछ । महिनाको तीन दिन मातालाई रजस्वला हुने गर्दछ । त्यस समय तीन दिनसम्म मन्दिरको ढोका पूर्ण रुपले बन्द गरिन्छ र कुनै पाठपूजा समेत गरिदैन । तीन दिनपछि धुमधामसँग ढोका खोलिन्छ ।

त्यस क्षेत्रलाई तन्त्रको महत्वपूर्ण ठाउँ मानिन्छ । त्यहाँ साधु र अघोरीहरु रहेका हुन्छन् । त्यस क्षेत्रलाई कालो जाँदुको रुपमा चिन्ने गरिन्छ । कुनै पनि व्यक्ति कालो जाँदुबाट पििडत भएको छ भने उक्त ठाउँमा गएर आफ्नो उपचार गरी फर्कने गरेको पाइन्छ ।

-धार्मिक ग्रन्थको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्