Logo

वन्यजन्तु संरक्षणमा नेपालको काम विश्वका लागि उदाहरणीय : प्रचण्ड



चितवन, २७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले वन्यजन्तु संरक्षणमा गरेको उपलब्धी विश्वकै लागि उदाहरणीय भएको बताएका छन् । चितवनको सौराहामा ‘नवौं विश्व रेन्जर सम्मेलन’ को उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले विश्वकै लागि उदाहरणीय कार्य गरेको बताए ।

अध्यक्ष प्रचण्डले संरक्षणको क्षेत्रमा नेपालमा अझ धेरै चुनौती रहेको उल्लेख गरे । उनले बन्यजन्तु संरक्षणमा सरकार छिटै नयाँ रणनितिसहित अगाडि बढ्ने बताए । अध्यक्ष प्रचण्डले वन, वन्यजन्तु र वातावरण संरक्षणमा नेपालले विश्वलाइ उदाहरण पेस गरेको भन्दै यसमा रेन्जरहरुको भुमिका महत्वपुर्ण रहेको बताए ।

सम्मेलनमा नेपालसहित ७२ देशका ५ सय भन्दा बढी जना प्रतिनिधि सहभागी भएका छन् । जसमध्ये अष्ट्रेलियाबाट १०० जना र अमेरिकाबाट ६० जना प्रतिनिधि सहभागि भएका छन् ।



प्रतिक्रिया दिनुहोस्