Logo

पूजापाठ गर्दा अनुहार कुन दिशामा फर्काउदा शुभ मानिन्छ



घरको मन्दिरमा विहान र साँझ पूजा गर्दा वातावरण सकरात्मा हुने गर्दछ र मनका नकरात्मक विचारहरु नस्ट हुने गर्दछन् । त्यसकारण घरमा मन्दिर बनाउने चलन परम्परादेखि चलिआएको हो । घरको मन्दिरमा पूजा गर्दा यस्ता कुरामा ध्यान दिनुपर्छ ।

१. पूजा गर्नेको अनुहार पश्चिम दिशामा फर्केको शुभ मानिन्छ । यसका लागि पूजा कोठाको ढोका पूर्वपट्टि फर्केको हुनुपर्छ । यस दिशा बाहेक पूजा गर्ने व्यक्तिको अनुहार पूर्व दिशामा फर्केको हुनुपर्छ । यसो गर्दा राम्रो फल प्राप्त हुन्छ ।

२. मन्दिर बनाउँदा सूर्यको किरण पर्ने ठाउँमा बनाउनुपर्छ ।

३. जुन घरमा सुर्यको किरण तथा ताजा हावा आवतजावत गर्दछ । उसको घरमा वास्तु दोष शान्त हुन्छ । सुर्यको किरणबाट वातावरणको नकरात्मक शक्ति हराउने र सकरात्मक शक्ति बढ्दै जाने हुन्छ ।

४. मन्दिरमा मृत मानिसको फोटो राख्नु हुदैन । मृतकको फोटो दक्षिण दिशामा राख्नु राम्रो मानिन्छ ।

५. पूजा कोठामा पूजा सामग्री बाहेक अन्य सामान राख्नु हुदैन ।

६. मन्दिरको नजिकमा शौचालय हुनु अशुभ मानिन्छ । त्यसकारण शौचालय नभएको स्थानमा मन्दिर बनाउनुपर्छ ।

७. मन्दिरमा बिहान र बेलुका पूजा गर्नुपर्दछ । पूजा सकेपछि अनिवार्य रुपमा एक पटक घर घुमेर घण्ट्टी बजाउनुपर्छ । त्यसो गर्नाले घण्टीको आवाजबाट नकरात्मकता नस्ट हुने र सकरात्मकता बढ्ने हुन्छ ।-धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्