Logo

ईन्जेक्सन सहित नियन्त्रणमा



पर्सा,२७ कात्तिक । लागुऔष ईन्जेक्सन सहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । भारत मोतिहारी रामअर्वा बस्ने विशाल पटेललाई बीरगंज महानगरपालिका वडा नम्बर १६ भंसार गेटबाट २६ कात्तिकमा नियन्त्रणमा लिएको हो ।

सडकमा पैदल यात्रु र सवारी साधन जाँच गर्ने क्रममा भंसार सुरक्षा गार्ड गुल्म बीरगंजबाट खटिएको सयुक्त प्रहरी टोलीले लागु औषध ईन्जेक्सन डाईजोल्याव ( ५०० पिस, नेर्फिन  ५०० पिस र फेनारगन ५०० पिस फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्