Logo

लागूऔषध सहित युवक नियन्त्रणमा



भक्तपुर, २७ कात्तिक । अवैध लागुऔषध सहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । मध्यपुर ठिमी नगरपालिका १ लोकन्थलीबाट सर्लाही हरीवन नगरपालिका ११ घर भएका समसुल सेखलाई २६ कात्तिकमा नियन्त्रणमा लिएको हो ।

नियन्त्रित लागूऔषध नाइट्राभेट १ सय ८५ चक्की महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्