Logo

ब्राउन सुगर सहित दुई जना नियन्त्रणमा



बाँके । २७ कात्तिक । अवैध लागुऔष ब्राउन सुगर सहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । नेपालगंज उपमहानगरपालिका १५ जमुनाह चोकबाट दाङ घोराही उपमहानगरपालिका १५ बस्ने आईस न्यौपानेलाई ६ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित २६ कात्तिकको साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।

साथै न्यौपानेलाई लागूऔषध ओसारपसारमा सहयोग गर्ने गरेको अभियोगमा दाङ घोराही उपमहानगरपालिका १३ बस्ने जोन भन्ने कुल बहादुर बुढामगरलाई समेत नेपालगंज उपमहानगरपालिका २ पुष्पलाल चोकबाट प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्