Logo

बँगलादेशलाई विद्युत विक्री गर्नेबारे कुरा हुन्छ-चोपलाल भुषाल, पूर्वराजदूत, बंगलादेश



काठमाडौं, २७ कात्तिक । बँगलादेशका लागि नेपालका पूर्व राजदूत डा. चोपलाल भुषाल पेशाले चिकित्सक हुन् । उनीसँग बँगलादेशका राष्ट्रपतिको नेपाल भ्रमणको समय पारेर नेपाल र बँगलादेशबीचको सम्बन्ध र अवसरबारे एनआरएन रेडियोको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः
बंगलादेशका राष्ट्रपतिको भ्रमणले नेपाललाई के फाइदा हुन्छ ?
बंगलादेशका महामहिम राष्ट्रपतिको यो विशुद्ध सद्भाव भ्रमण हो । जसरी हिजो नेपालको बंगलादेशसँग सुमधुर सम्बन्ध थियो, त्यसलाई झन् प्रगाढ बनाउँछ । जहाँसम्म फाइदाको कुरा छ, त्यो हिजो जस्तो खालको सम्बन्ध थियो, त्यसमा अझ विश्वासिलो र दरिलो बनाउनु हाम्रो लागि फाइदाजनक हो ।
व्यापारिक दृष्टिकोणले बंगलादेशबाट के के फाइदा लिन सकिन्छ ?
भूगोलको हिसाबले भारत र चीनभन्दा ३२ किमि मात्रै टाढा बंगलादेश हो । बंगलादेश पुग्न भारतबाट जम्मा ३२ किमि मात्रै टाढा जानुपर्ने हो । दोस्रो बंगलादेशको नेपालप्रति ठूलो सद्भाव छ । जतिबेला बंगलादेशमा स्वतन्त्रता संघर्ष भएको थियो त्यतिबेला भारतमा बसेका नेपाली कांग्रेसका नेता वीपी कोइरालाले ठूलो सहयोग गर्नुभएको रहेछ । त्यो गुणले उहाँहरु अहिले पनि नेपाल र वीपी कोइरालाको सम्झना गरिरहनुहुन्छ । ब्यापारको कुरा गर्नुपर्दा हामीले बंगलादेशसँग ठूलो मात्रमा गरिरहेका छैनौं । आयत र निर्यात दुवैमा ठूलो छैन । २०१२ सम्म नेपालबाट पठाउने सामानको मात्र अलि बढी थियो । अहिले आएर त्यसलाई बंगलादेशले रिप्लेस गरेको छ । कारण बंगलादेशमा २००९ देखि एकदमै स्थिर सरकार भयो । अहिलेका राष्ट्रपतिको टिमको प्रधानमन्त्री सेख हसिना धेरै डेलिकेटेड हुनुहुन्छ । सरकार पनि एकदमै दह्रो छ । त्यसले त्यहाँ पहिलाको भन्दा उत्पादनमा बृद्धि भएको छ । विकासमा पनि हामीभन्दा बंगलादेश अगाडि छ ।
नेपालले भन्दा बंगलादेशले बढी प्रगति गरेको छ हो ?
आर्थिक सम्पन्नता र विकासमा नेपालभन्दा बंगलादेश धेरै अगाडि छ । हरेक कुरामा अगाडि छ, जस्तै आर्थिक वृद्धिदर, औद्योगिक विकास, कृषि उत्पादन सबै क्षेत्रमा अगाडि देखिन्छ । जसरी त्यहाँ औद्योगिकरण बढेको छ, त्यसको अनुपातमा विजुलीको अभाव छ । उनीहरुकोमा विद्युत उत्पादन पनि नभएको होइन । विद्युत उत्पादनको लागि जसरी तेल, कोइलाको प्रयोग भएको छ । त्यसले वातावरणलाई ठूलो असर गरेको छ ।
त्यसोभए नेपालले बंगलादेशलाई बिजुली बेच्न सक्छ ?
त्यहाँ विकासको गति यसरी बढेको छ कि २०२४ मा उनीहरु विकासिल मुलुकसरह हुँदैछन् । त्यतिबेलासम्ममा उनीहरुलाई कम्तिमा ३० हजार मेघावाट बिजुलीको आवश्यकता पर्छ, भनेका छन् । म बंगलादेशमा भएको बेला नेपालका उर्जामन्त्री वर्षमान पुन त्यहाँ गएर विद्युतको सम्झौता भएको छ । अहिले माथिल्लो कर्णालमा जसरी भारतसँग एग्रिमेन्ट भएको छ । त्यसमा पाँच सय मेगावाट उनीहरुले सम्झौता गरिसकेका छन् । यो प्रक्रिया अगाडि बढ्यो भने हाम्रो बिजुली बंगलादेश जाने एग्रिमो खुल्यो । भारतले पनि तेस्रो मुलुकलाई बिजुली दिनसक्ने अवधारणा बनाइसकेको छ । पहिला त्यो सुविधा थिएन । यसले अब हाम्रो बिजुली भारत र चाइना मात्रै होइन बंगलादेश पनि सजिलै जान सक्छ । हामीले हाम्रो पानीको सही सदुपयोग गरेर विद्युत् उत्पादन गर्न सक्नुपर्यो । चीन, भारत र बंगलादेश मात्र होइन तीभन्दा बाहेकका देशमा पनि जान सक्छ । बंगलादेशका महामहिम राष्ट्रपतिको यो भ्रमणमा यसबारे पनि कुराहरु हुन्छन् ।
नेपालको पर्यटन विकासमा बंगलादेशको भूमिका रहन्छ ?
एकदमै ठूलो भूमिका रहन्छ । किन भने म एउटा शब्द नै भन्छु “सगरदेखि सागरसम्म” संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथा नेपालमा छ । त्यसैगरी संसारको सबैभन्दा लङ्गेष्ट समुन्द्रको ब्रिज बंगलादेशमा छ । यसले दुवै देशहरु महत्वपूर्ण मानिन्छन् । दोस्रो बंगालीहरु नेपाल भनेपछि एदकमै मरिहत्ते गर्दछन् । पहिले १५ हजार हाराहारी भिसा लगाइन्थ्यो । अहिले झण्डै २५ हजार हाराहारीको भिसा लगाएका छौं । बंगालनीहरु नेपाल आउन एकदमै लालायित छ । उनीहरु आर्थिक उपार्जनमा मजबुत भएकाले घुमघाम गर्न मन पराउँछन् । उनीहरु घुम्नलाई थाइल्यान्ड, बर्मा जान्छन् त्यहाँ केही छैन । नेपालमा त धेरै घुम्न लायक ठाउँहरु छन् । त्यसैले पनि उनीहरु नेपाल आउन उत्साहित भएका हुन् । त्यसकारण हामीले बंगलादेशमा टुरिजम प्रमोट गर्न सक्छौं ।
त्यसोभए बैंगलादेश र नेपालबीच कुनै समस्या छैन ?
कुनै समस्या छैन । बीबीआईमा पनि बंगलादेश, भारत, नेपाल र भुटान चारवटा देशमा समझदारी भएको छ । त्यसमा बीट कनेक्टिभिटी र मल्टी कनेक्टिभिटीका कुराहरु छन् । त्यसले गर्दा मोटर भेइकलमा बंगलादेश, भारत र नेपालले सझदारी ग¥यो, भुटानले गरेको छैन । भुटानले, ‘बंगलादेश, भारत र नेपालले गर्दा हुन्छ हामीहरुको देश सानो छ, त्यसैले धेरै मोटर भेइकल आउँदा वातावरण बिग्रिन्छ’, भनेको छ । अहिले हाम्रो बंगलादेश जाने एउटा मात्रै बाटो छ काँकडभिट्टा पानीट्यांकीबाट मात्रै हो । पछि अरु पनि बाटाहरु खुल्छन् । रेल वयको पनि सम्भावना छ, बंगलादेशसँग । त्यसको बारेमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा भारत गएको बेला कुराकानी भएको थियो । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली भारत जाँदा पनि कुराकानी भएको छ । हवाइ मार्ग पनि सहज र नजिक हुन्छ ।
त्यसोभए नेपालले बंगलादेशबाट धेरै फाइदा लिन सक्छ ?
हो, नेपालले बंगलादेशबाट धेरै फाइदा लिन सक्छ ।
तपाईंले चिन्नुभएको हमिद कस्तो व्यक्ति हुनुहुन्छ ?
उहाँ धेरै राम्रो मान्छे हो । अत्यन्तै मेहनतले अध्ययन गरेको व्यक्ति हुनुहुन्छ । उहाँले मसँग भेटहुँदा ‘मलाई एकपटक नेपाल जान म छ’ भन्नुभएको थियो । त्यसो भन्नुको अर्थ उहाँले भित्रीमनदेखि नेपालप्रति माया दर्शाउनुभएको हो । उहाँ प्रधानमन्त्री शेख हसिनाको एकदमै नजिकको मान्छे हुनुहुन्छ । त्यहाँका प्रधानमन्त्री शेख हसिनाले पनि नेपाललाई अत्यन्तै नजिकको सम्बन्धमा हेर्नुहुन्छ । भारतसँग वाटर एडको सम्बन्धमा होस् अथवा अन्यमा । त्यसैले बंगलादेशका राष्ट्रपति अहिले नेपाल आउनु हाम्रो लागि सौभाग्यको कुरा हो ।
पहिला बंगलादेशसँग भारतको सीमाविवाद थियो, अहिले दीर्घकालीन समाधान भइसकेको छ, अहिले नेपालमा भारतसँग सीमाविवाद छ, यो बेला उहाँ आउनु संयोग हो ?
बंगलादेशले त सय प्रतिशत समाधान गर्यो । उहाँ त बंगलादेशको जग्गा काटेर भारतलाई दिइएको छ । भारतको जग्गा काटेर बंगलादेशलाई दिइएको छ । त्यसपछि त्यहाँ बसोबास गर्ने जनतालाई सोधियो, तिमीहरु यता बस्छौं कि उता भनेर । त्यसकारण मान्छेहरु आफ्नो इच्छाअनुसार एकमै सेटल भएर बसे । अहिले हामीहरुकोमा देखिएको जनताले बुझेको समस्या हो । यो बेलामा बंगलादेशका प्रधानमन्त्री, राष्ट्रपतिसँग सम्बन्ध राम्रो छँदैछ । त्यसलाई अभैm राम्रो बनाउनँदा उहाँहरुले हामीबीच मध्यस्थताको भूमिका पनि खेल्दिन सक्नुहुन्छ । त्यसले भारत र नेपालबीचको सम्बन्धलाई राम्रो राखेर समस्याको समाधान गर्न मद्दत पुग्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्