Logo

उन्नचास जुवाडे नियन्त्रणमा



काठमाडौं, २७ कात्तिक । विभिन्न स्थानमा जुवातास खेल्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिका ४ पञ्चकन्या डेरा गरी बस्ने लमजुङ घर भएका काशी गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरुङ सहित पाँच जनालाई नगद २१ हजार ३ सय ५० रुपैयाँ र तीन बुक तास सहित २६ कात्तिकको दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं महानगरपालिका ३ बाँसबारी लोसार पिपलबोट डेरा गरी बस्ने ललितपुर महानगरपालिका ४ घर भएका विनय थापामगरको कोठामा जुवातास खेलिरहेको अवस्थामा थापामगर सहित सात जनालाई नगद ३८ हजार ५ सय रुपैयाँ र चार बुक तास सहित २६ कात्तिकको दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।
त्यसैगरी, नागार्जुन नगरपालिका ३ हलचोकस्थित हरिमायाँ पुतवारको घरमा जुवा खेलिरहेका काठमाडौं सितापाईला बस्ने सचित दुवाल लगायत १० जनालाई कौडा र नगद ३ लाख ६० हजार रुपैयाँ सहित २६ कात्तिकको बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरी प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

कीर्तिपुर नगरपालिका ६ चोभारस्थित विजय महर्जनको घरमा जुवा खेलिरहेको अवस्थामा चोभार बस्ने विजय श्रेष्ठ लगायत १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले कौडा, नगद २ लाख ५८ हजार तीन सय ४५ रुपैयाँ र एनआइसि एसिया वैंकको २ लाख २५ हजार रुपैयाँ र प्राईम वैंकको २ लाख रुपैयाँको चेक सहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

यसैगरी, गोकर्णेश्वर नगरपालिका २ नयाँपाटी पण्डित गाउँस्थित राधे थापाको घरमा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने किशोर थापा लगायत १४ जनालाई २६ कात्तिकको राती प्रहरीले नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई कौडा र नगद २ लाख १५ हजार १ सय ७५ रुपैयाँ सहित नियन्त्रणमा लिएको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्