Logo

विद्यालयमा बम विष्फोट गराउने नियन्त्रणमा



सुनसरी, २७ कात्तिक । स्कुलमा बम बिष्फोट गराउने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुहबी नगरपालिका ८ बस्ने मोहन बस्नेत, धरान उपमहानगरपालिका ११ बस्ने भोजपुर ट्याम्के मैयुम गाउँपालिका २ का सागर राई र धरान उपमहानगरपालिका ११ बस्ने क्षितिज भन्ने सुरेश कुमार राईलाई २६ कात्तिको साँझ नियन्त्रणमा लिएको हो ।

धरान उपमहानगरपालिका १८ स्थित दिल्ली पब्लिक स्कुलको गेटमा गत भदौ २० गते भएको बम बिष्फोट गराउने कार्यमा संलग्न उनीहरुलाई सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमती आदेश समेत प्राप्त भएका थियो । खोजी गर्ने क्रममा ईहटरी नगरपालिका ८ बाट प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्