Logo

विपद व्यवस्थापन प्राधिकरणको सिईओमा एआईजी राईसहित १३ जनाबीच प्रतिष्पर्धा (कस्ले कति अंक पाए सूचीसहित)



काठमाडौं, २७ कात्तिक । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा १३ जनाको दरखास्त आवेदन स्वीकृत भएको छ । १३ जनामध्येबाट एक जनाको नाम छनोट हुने छ ।

तोकिएको मापदण्ड पुगेका १३ जनाको नाम गृह मन्त्रालयले सार्वजनिक गरेको छ । १३ जनाको शैक्षिक, योग्यता, तालिम र अनभुवको नम्बर समेत सार्वजनिक गरिएको छ ।

सो पदका लागि नेपाल प्रहरीका एआईजी ठूले राईले समेत आवेदन दिएका छन् । २५ नम्बर पूर्णाङमा उनले २१.५ नम्बर ल्याएका छन् । डा सुबोध ढकाल र डा प्रेम कुमार थापाले सर्वाधिक समान २४।५ नम्बर पाएका छन् ।

त्यस्तै अरुण कुमार पालले २२.५ र डा हरिराम पराजुलीले २२ नम्बर पाएका छन् । उनीहरुमध्येबाट उत्कृष्टलाई गृहसचिव प्रेम कुमार राई नेतृत्वको समितिले छनोट गर्ने छ ।

दृष्टि बाट



प्रतिक्रिया दिनुहोस्