Logo

सौताले गरिन् सौताकै हत्या



सर्लाही, २७ कात्तिक । प्रहरीले धारिलो हतियार प्रयोग गरी हत्या गर्नेलाई नियन्त्रणमा लिएको छ । धारिलो हतियारको माध्यमबाट सौताको हत्या गरेको अभियोगमा चक्करघट्टा गाउँपालिका ४ बस्ने कोरैसा खातुनलाई २६ कात्तिकमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

घरायसी बिवादको कारण आफ्नै २२ वर्षीया सौता खुर्सिदा खातुनलाई कोरैसाले धारिलो हतियारले प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी सुन्दरपुरबाट खटिएको प्रहरीले कोरैसालाई नियन्त्रणमा लिएको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्