Logo

पञ्चेवाजासहित दलित समुदायले बँगलादेशको राष्ट्रपतिलाई रुपाकोटमा स्वागत गर्ने



पोखरा, २७ कात्तिक । नेपाल भ्रमणमा रहेका बँगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिहिबार रुपाकोट पुग्ने भएका छन् । रुपाकोटमा उनको स्वागतमा विभिन्न जातजातिले झाँकी प्रदर्शन गर्ने भएका छन् ।

दलित समुदायले पञ्चेबाजाले स्वागत गर्ने तय भएको छ । पञ्चेबाजा नेपालको लोकबाजा हो जुन जोखिममा परिसकेको छ ।

यसैगरी गुरुङ समुदायले लोक झाँकी प्रस्तुत गर्ने तय भउको छ । नेपाल समुदायको लाखेका अलावा स्थानीइ मारुनी नृत्य प्रदर्शन गरिने जनाइएको छ ।
हमिद रुपाकोट रिसोर्ट पुग्ने तय भएको छ । नेपाल भ्रमण वर्षलाई दृष्टिगत गरी विदेशी नेताहरुलाई नेपाल भ्रमणमा निम्तो दिने क्रम बढेको छ । यसअघि चिनियाँ राष्ट्रपति सि जिनपिङले नेपाल भ्रमण गरेका थिए । File Photo



प्रतिक्रिया दिनुहोस्