Logo

विप्लव देखि सीके राउत समूह सम्मको उम्मेदवारी



काठमाडौं, २७ कात्तिक । उपनिर्वाचनको मनोनयन दर्तामा विभिन्न राजनीतिक दलले उम्मेदवारी दिएका छन् । जसमध्ये विगतमा विद्रोही बनेका सीके राउत देखि सरकारले प्रतिबन्ध लगाएको नेकपाको विप्लव समूहका उम्मेदवार समेत छन् ।

महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्षमा अञ्जनीदेवी मण्डलले सीके राउत नेतृत्वको जनमत पार्टीबाट उम्मेदवारी दिएकी छिन् । लाउडस्पिक चुनाव चिन्ह लिएर उनले उम्मेदवारी दिएकी हुन् । जनमत पार्टीका महोत्तरी जिल्ला इञ्चार्ज सञ्जय यादवले आफ्नो पार्टीले पिपरामा उम्मेदवारी दिएको पुष्टि गरेका छन् ।

यसैगरी, रोल्पाको थबाङ गाउँपालिका १ को वडाध्यक्षमा विप्लव समूहबाट भद्रबहाद्र झाँक्रीले उम्मेदवारी दिएकी छन् । उनी स्वतन्त्र उम्मेदवार भएपनि विप्लव समूहका हुन् । रोल्पाबाट विप्लव समूहका कार्यकर्ताको उम्मेदवारीलाई अर्थपूर्ण मानिएको छ । उपनिर्वाचन १४ मंसिरमा हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्