Logo

मदिराका लागि अदालतमा घुस



काठमाडौं, २७ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै कर्मचारीलाई पक्राउ गरेलगत्तै प्रेस विज्ञप्तीमार्फत सार्वजनिक गर्दछ । तर, एक कर्मचारी पक्राउ परेको विषयलाई भने दुई सातासम्म गोप्य राखिएको छ ।

आयोगले सर्वोच्च अदालतमा कार्यरत नासु सुधीरकुमार खड्कालाई दुई सातादेखि हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । तर, यो विषयलाई गोप्य राखिएको छ। सर्वोच्च अदालतमा रहेको एक मुद्दा जिताईदिने भन्दै उनले तीन लाख रुपैयाँ मागेका थिए ।

न्यायाधीसँग सेटिंग मिलाएर छुटाईदिने आश्वासन दिएर उनले पैसा मागेका थिए । यो समाचार हिजो मंगलबारको दृष्टि साप्ताहिकमा प्रकाशति गरिएको हो । समाचारमा थप भनिएको छ,”थुनामा रहेका एक व्यक्तिको आफन्त रिट लिएर अदालत गएकोमा उनले छुटाईदिने ठेक्का लिएका थिए । सोही फोन सम्वाद भेटेपछि आयोगले खड्कालाई पक्राउ गरेको हो । तर, दुई सातासम्म पनि न्यायाधीशसँगको सेटिंग भने पत्ता लगाउन सकेको छैन् । प्रारम्भिक अनुसन्धानमा उनी मदिराका दुव्र्यसनी देखियो । अनुसन्धानमा आवद्ध अख्तियारका एक अधिकारीले भने,”मदिरा पिनउकै लागि उनले त्यसरी घुस असुल्ने गरेको देखिन्छ ।”



प्रतिक्रिया दिनुहोस्