Logo

अफताबको पक्षका अझै २९ वकिलले बहस गर्न बाँकी



काठमाडौं, २७ कात्तिक । जघन्य अपराधको अभियोगमा हिसारतमा रहेका सांसद मोहम्मद अफताब आलमको पक्षमा अझै २९ जना कानुन व्यवसायीले बहस गर्न बाँकी रहेको छ । उनीमाथि जिल्ला अदालत रौतहटमा चलिरहेको थुनछेकको मुद्दामा आलमको पक्षमा ३६ कानुन व्यवसायी रहेकोमा बुधबार २९ ले मात्र बहस सकेका छन् ।

आलमको पक्षमा देशका नाम चलेका वकिलहरु बहसका लागि रौतहट पुगिसकेका छन् । पालो नआउँदा कतिपय रौतहटमै रहेका छन् । बहसका लागि धेरै कानुन व्यवसायी रहेकाले लम्बिने संकेत देखिएको छ ।

पहिलो संविधानसभा चुनावमा १२ वर्ष अघि अफताबको परिवारको टहरामा बम बिष्फोटमा परी घाइतेलाई ईंट्टाभट्टामा जिउँदै हालिदिएको अभियोगमा उनीमाथि मुद्दा दायर भएको छ । उनीमाथिको थुनछेकको बहस चलिरहेको छ । File Photo



प्रतिक्रिया दिनुहोस्