Logo

रगतले नदी रग्ताम्मे



अचानक रगत रग्ताम्मे भयो । रगत हजारौं सुँगुरको थियो जसलाई काटिएको थियो ।

यो घटना दक्षिण कोरियाको हो । जहाँ अफ्रिकन स्वाइल फिभर फैलन नदिन एकैसाथ ४७ हजार सुँगुर काटिएको थियो । सुँगुर काटिएपछि परेको पानीका कारण अवशेषबाट निस्किएको रगत बगाएर उत्तर र दक्षिण कोरियाको सीमामा पर्ने इयोनचियोन नजिकैको इमजिन नदीसम्म पुगेको थियो । नदी रग्ताम्य भएको तस्बिर संसारभर चासोमा परेको छ ।

सेप्टेम्बर महिनामा पनि दक्षिण कोरियामा तीन लाख ८० हजार सुँगरलाई एकसाथ काटिएको थियो । त्यतिबेला नदी रक्ताम्य भएको थिएन । दक्षिण कोरियामा झण्डै सात हजार सुँगरको फार्म छ । यसअघि सोही रोगका कारण चीनमा मात्र १२ लाख सुँगुरलाई एकसाथ नष्ट गरिएको थियो ।

अफ्रिकन स्वाइन फिभरले मानिसलाई असर नगर्ने भएपनि सुुँगुर र बदेलमा चाँडै फैलन सक्छ ।-एजेन्सी Photo Source: The Korean Herald



प्रतिक्रिया दिनुहोस्