Logo

बाबुरामको दाबी : समाजवादी ध्रुवीकरणको प्रक्रियाले तिव्रता लियो



काठमाडौं, २७ कार्तिक । सत्तारुढ दल समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल समाजवादी (लोहियावादी) को सिँगो पार्टी नेतृत्व तथा संगठनलाई आफ्नो पार्टीमा प्रवेश गराएका छन् । बुधबार एक कार्यक्रमकाबीच उनले उक्त पार्टीका अध्यक्ष नन्दन यादव, महासचिव प्रमोद कुमार रायमाझीलगायतको नेतृत्वलाई आफ्नो पार्टीमा प्रवेश गराएको जनाएका छन् ।

सामाजिक सञ्जाल आफ्नो फेशबुक पेजमा भट्टराईले यस्तो लेखेका छन्,”देशमा समाजवादी ध्रुवीकरणको प्रकृयाले तीव्रता लिंदै१ नेपाल समाजवादी पार्टी (लोहियावादी) को पूरै संगठन र अध्यक्ष नन्दन यादव, महासचिव प्रमोद कुमार रायमाझी लगायतको नेतृत्व समाजवादी पार्टीमा एकीकृत१ सबैलाई हार्दिक स्वागत !”



प्रतिक्रिया दिनुहोस्