Logo

समाजकल्याणमा नियुक्तिका लागि दौडधुप



काठमाडौं, २७ कार्तिक । समाजकल्याण परिषदमा पदाधिकारी खाली भएको ९ महिना भइसक्दा पनि नियुक्ति हुन सकेको छैन् । समाजकल्याण परिषद ऐन बनाएर मात्र पदाधिकारी नियुक्ति गर्ने योजनामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय रहेको छ ।

२०७५ फागुनमा परिषद्का उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्य ईन्द्र बहादुर झा, गोकर्णप्रसाद भट्ट र सदस्य सचिव डिल्लीप्रसाद भट्टलाई अनियमितताको आरोपमा पदमुक्त गरिएको थियो ।

त्यसयता कर्मचारीका भरमा परिषद सञ्चालन हुँदै आएको छ । बदनियतपूर्वक र कानून विपरित कार्यसमेत गरी परिषदलाई हानी पुर्याएको आरोपमा पदाधिकारी बर्खास्त भएकोले परिषद लथालिंग अवस्थामा सञ्चालित छ । पदाधिकारी नुहँदा परिषदको कामकारबाहीमा पनि असर परेको छ ।

परिषदमा अब एउटामात्रै कार्यकारी राख्नेगरि ऐन बनाउन लागिएको छ । परिषदको ऐन नै नबनेपनि नियुक्तिको दौड चलेको छ । परिषदमा राजनीतिक नियुक्तिका लागि डा. ऋतु गड्तौला, डा. नेत्र तिम्सिना, सूर्यबहादुर थापा र खड्ग पाण्डेले लबिंग गरिरहेको दृष्टि साप्ताहिकले लेखेको छ ।



प्रतिक्रिया दिनुहोस्