Logo

ओली-नेपालबीच भेटवार्ता, रावल मन्त्री बन्ने !



काठमाडौं, २७ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालबीच आजबाट सम्बन्ध सुमधुर बनेको छ । निकै लामो समयदेखि पानी बाराबारको अवस्थामा रहेको नेताद्धयको सम्बन्ध आजबाट भने समुधरतर्फ अघि बढेको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेता नेपाललाई आज निवासमै बोलाउर लञ्च गराएका छन् । अध्यक्ष ओली र नेता नेपालबीच करिब चार घण्टा लामो सम्वाद भएको थियो । स्रोतकाअनुसार समग्र रुपमा उनीहरुबीच पार्टी सञ्चालन, भारतसँगको सीमा विवादको समाधान र मन्त्रिमण्डल हेरफेरबारेसमेत कुराकानी भएको थियो । मन्त्रिमण्डल पूनर्गठनबारे आफूसँगपनि सहमति लिन नेता नेपालले आफ्नो अडान राख्दै आएका छन् ।

सम्भवतः ओलीले मंसिर पहिलो साताभित्रै मन्त्रीहरु हटाउने र लगत्तै नयाँ मन्त्रिमण्डल गठन गर्ने भएका छन् । यसको लागि ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग सहमति लिइसकेका छन् । यो पटक मन्त्रीमा नयाँ अनुहार पनि समावेश हुने बुझिएको छ ।

नेता नेपालको तर्फबाट भने सुरेन्द्र पाण्डे र भीम रावलको नाम अग्रपँत्तिमा छ । नेकपाभित्रै नेता रावललाई मन्त्री बनाउनुपर्ने आवाज उठ्दै आएको छ । अर्का बौद्धिक नेता घनश्याम भुषाललाई पनि यो पटक ओली र नेता नेपालले मन्त्री बनाउने तयारी गरेका छन् ।

आजको बालुवाटारमा भएको छलफलमा नेता नेपालले नेता रावलको नाम पटक पटक लिएका थिए । रावललाई महत्वपूर्ण मन्त्रालय दिन सक्ने बालुवाटार स्रोतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्