Logo

वसन्तपुरमा पार्किङ गर्न रोक



काठमाडौं, कार्तिक २८ । वसन्तुरको डबलीमा सवारी पार्किङ गर्नमा रोक लगाइएको छ। बुधबार ट्राफिक प्रहरी, जनप्रतिनिधि, नगर प्रहरी, हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम कार्यालयको वसन्तपुरमा बसेको संयुक्त बैठकले पार्किङ रोक लगाउने निर्णय गरेको हो।

दुई साता अघिबाट त्यहाँकै कर्मचारी र वसन्तुरमा घुम्न आएका पर्यटकले वसन्तपुरको डबली परिसरमा अनधिकृतरूपमा साँझ मोटरसाइकल पार्किङ गर्दै आएका थिए। यसको चौतर्फी विरोध हुँदै आएको थियो।

काठमाडौं महानगरपालिका वडा २३ का अध्यक्ष मचाराजा महर्जनले बैठक बसेर पार्किङ निषेध गर्ने निर्णय गरेको बताएको खवर आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्