Logo

पदम ज्योतिलाई वारेन्ट रुप ज्योतिलाई खोर



काठमाडौं, कार्तिक २८ । बाँसबारीस्थित शहीद गंगालाल अस्पतालनिकट रहेको ६ आना जग्गाको एउटा प्लट बिक्री प्रकरणका कारण नेपालका राष्ट्रिय उद्योगपतिका रूपमा ख्याति आर्जन गरेको परिवार नै ठगीको आरोपमा कारबाही भोगिरहेको छ।

त्यहाँ रहेको ६ रोपनी ११ आनाको प्लटमध्ये ६ आना ३ पैसा जग्गा खरीद गर्न बैना दिएका वीजेन्द्रकृष्ण मल्लले ठगीको आरोपमा मुद्दा दिएका कारण ज्योति परिवार कारबाहीमा छ।

सो प्लटको सञ्चालक ल्यान्डमार्क डेभलपर्स प्रालि रहेको छ भने यसका सञ्चालकका रूपमा चर्चित उद्योगपति पदम ज्योति, उनका भाइ पूर्व अर्थराज्यमन्त्री तथा उद्योगी रुप ज्योतिलगायत कारबाहीमा छन्।

रुप ज्योतिलाई सिंगापुरबाट फर्किने क्रममा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पक्राउ गरिसकिएको छ भने पदम ज्योतिका नाममा वारेन्ट जारी गरिएको छ।

ल्यान्डमार्क डेभलपर्सको मालिक ज्योति सन्स एन्ड कम्पनी रहेको र वीजेन्द्र मल्लले बैना भुक्तानी गर्दा ल्यान्डमार्कले प्राप्ति रसिद दिएको अभिलेख रहेको आजको नेपाल समाचारपत्रमो खवर छ ।



प्रतिक्रिया दिनुहोस्