Logo

जलविद्युत् आयोजनाको लागत बढेको बढ्यै



काठमाडौं,कार्तिक २८ ।१४ मेगावाटको जलायशयुक्त कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको निर्माण सुरु हुँदा दुई अर्ब ४३ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो। आयोजना सम्पन्न हुनै लाग्दा यसको लागत पाँच अर्ब रुपैयाँ पुगेको छ।

सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको कुलेखानी तेस्रोको समय मात्रै लम्बिएन। लगात पनि झण्डै दोब्बरभन्दा धेरै पुगेको छ। २०६४ मा तीन वर्षभित्रै निर्माण सम्पन्न गर्ने योजना बनाइएको उक्त आयोजना सम्पन्न हुन १२ वर्ष लाग्यो।

सरकारले ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना आर्थिक वर्ष ०७३र७४ भित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो। आर्थिक वर्ष ०६७र६८ मा सुरु गर्दा यो ३५ अर्ब रुपैयाँमा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो।

सुरुमा तोकिएको समयभित्र निर्माण सम्पन्न नभएपछि आयोजनाको लागत दोब्बरभन्दा धेरै नाघेको छ। यो सम्पन्न हुँदा ७३ अर्बभन्दा धेरै लाग्ने पछिल्लो अनुमान छ।

भूकम्प र नाकाबन्दीले आयोजना प्रभावित भएसँगै पहिलोपटक ०७५र७६ को पुस महिनाभित्र निर्माण सक्नेगरी नयाँ एकीकृत समय तालिका तय गरिएको थियो।उक्त म्यादमा पनि काम सम्पन्न हुन नसकेपछि फेरि आर्थिक वर्ष ०७६र७७ को असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्