Logo

‘कठोर यौन’ का क्रममा मारिएकी युवतीलाई युवकले यसरी लापता पारे



एकजना युवकले होटलबाट दुईवटा सुटकेश लान्छन् । ती मध्ये एउटा सुटकेशमा २१ वर्षीया युवतीको शव हुन्छ ।

उनले शवलाई कारमा राख्छन् । शवलाई गाड्छन् । यो घटना अक्ल्यान्डको हो । जहाँ ती पुरुषले ग्रेस मिलानी नामकी युवतीको शव गायब पारेका थिए ।
मिलानीसँग ती पुरुष प्रेममा थिए । अक्ल्यान्ड होटलमा दुवैबीच सहमतिमै कठोर यौन सम्पर्क भएको थियो । सोही क्रममा युवतीको मृत्यु भएको थियो । युवती अर्को दिन २२ वर्ष पुग्दैथिइन् । तर, उनको अघिल्लो दिन नै ज्यान गयो ।

यो विषयमा अहिले मुद्दा चलिरहेको छ । आरोपी युवकले अभियोग अस्वीकार गरेका छन् । तर, त्यहाँको प्रहरीले सुटकेश किनेको देखि लिएर गएको सम्मको फुटेज फेला पारेको छ । उनले साबेल समेत छाडेको फुटेज भेटिएको छ । यसबारे अकल्यान्डको अदालतमा मुद्दा दायर भइरहेको छ ।-एजेन्सी Photo Source: PA



प्रतिक्रिया दिनुहोस्