Logo

मोदी र पुटिनको अंकमाल



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अंकमाल गरेका छन् । ब्रिक शिखर सम्मेलनमा सहभागी हुन ब्राजिल पुगेका उनले पुटिनसँगको भेटमा बिहिबार अंकमाल गरेका हुन् ।

पुटिनसँगको भेटबारे जानकारी गराउँदै मोदीले रुससँगको सम्बन्ध र आपसी सहयोग मजबुत भएको ट्वीट गरेका छन् ।
यसैगरी, मोदीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पनि भेटवार्ता गरेका छन् । यो भेट एक महिनाभित्रको हो । यसअघि दुई नेताबीच तामिल नाडुमा भेटवार्ता भएको थियो ।

ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको पाँच उदीयमान अर्थतन्त्र भएको देशहरुको समूहको हरेक वर्ष सम्मेलन हुनेगर्छ ।

Photo Source: Twitter



प्रतिक्रिया दिनुहोस्