Logo

जेएनयूमा कोठाभाडा भारु १० देखि २०



एक्लै बस्दा कोठाभाडा प्रतिमहिना भारतीय रुपैयाँ २० र एकजना साथीसँग बस्दा १० । यो भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा विद्यार्थीका लागि कोठाको भाडा दर हो ।

विश्वविद्यालयले वर्षौं देखिको कोठाभाडा बढाएपछि अहिले त्यहाँ विरोध भइरहेको छ । जेएनयू प्रशासनले कोठा भाडा बढाएर तीन सय देखि छ सय पुर्याएपछि विरोध भएको हो ।

विरोधपछि विश्वविद्यालयले गरिब विद्यार्थीका लागि छुटको व्यवस्था गरेर विश्वविद्यालय सेवा आयोगबाट छात्रवृत्ति पाउनेहरुले वृद्धि गरिएको भाडा रकम नै तिर्नुपर्ने व्यवस्था गरेको छ । विश्वविद्यालय सेवा आयोगबाट जुनियर रिसर्च फेलोशिप प्राप्त गर्नेले प्रतिमहिना ३१ हजार भारु पाउँछन् भने सिरियर रिर्च फोलोशिप ३५ हजार पाउँछन् । दुवै फेलोशिप कुल पाँच वर्ष सम्मको हुनसक्छ ।

निकै कम भाडा र मेसको रकम तिर्नुपर्ने कारण जेएनयू भारतभरिकै सस्तो विश्वविद्यालयमध्ये पर्दछ । त्यसैले जेएनयूमा भर्नाका लागि भारतभरका उत्कृष्ट विद्यार्थीमध्ये लाखौंले परीक्षा दिने गर्छन् ।



प्रतिक्रिया दिनुहोस्