Logo

सगरमाथाको उचाइ र पिल्लर नम्बर ५७ को विषयमा अस्पष्टता



काठमाडौं, कार्तिक २८ । नेपाल–चीन सीमा अनुगमन संयन्त्र बन्न नसक्दा लामो समयदेखि सीमा अनुगमन हुन नसकेको पाइएको छ । सन् २००७ पछि अनुगमन संयन्त्र बन्न नसक्दा सीमाको अवस्था अद्यावधिक हुन नसकेको हो ।

नेपाल चीनबीच प्रत्येक १० वर्षमा संयुक्त अनुगमन हुने गरेकोमा सन् २००७ पछि अनुगमन भने हुन सकेको छैन ।
सीमासम्बन्धी जानकार नेपाल चीनबीचको सीमा सम्बन्धमा ठूलो समस्या नरहेको बताउँछन् ।

उनीहरू नेपाल चीनबीच दोलखामा रहेको पिल्लर नम्बर ‘५७’ र सगरमाथाको उचाइका सम्बन्धमा केही अस्पष्टताबाहेक अन्यत्र समस्या नरहेको बताउँछन् । सीमामा चीनतर्फ नदी नभएर स्थलगत सीमाना रहेकाले ठूलो समस्या नरहेको जानकारहरू बताउँछन् ।

नापी विभागले भारत र चीनतर्फको सीमाको डिजिटल डाटाबेस तयार भइसकेको जनाएको छ ।आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्