Logo

मनोकामना पूरा गर्ने कंकालिनी मन्दिर



कंकालिनी मन्दिर सप्तरी जिल्लाको राजविराज देखि २३ किलोमिटर पूर्वी क्षेत्र हनुमाननगर कंकालिनी नगरपालिकामा अवस्थित छ । मन्दिरमा भक्तजनहरूको मनोकामना पूरा गर्ने शक्तिपीठहरू मध्ये एक पीठ मानिएको हँुदा नेपाल र भारतका श्रद्धालुको ठूलो आस्था रहेको छ । यस मन्दिरमा हिन्दुहरूको महान् चाड दशैँमा ठुलो मेला लाग्ने गरेको छ ।

एतिहासिक किम्बदन्ती अनुसार भारदहमा मानव बस्ती बसाल्ने क्रममा जग्गा खन्दा गर्दा दुर्गाको ढुङ्गे प्रतिमा फेला परेको थियो । त्यसै प्रतिमालाई मन्दिरमा स्थापना गरेर स्थानीयले पुजा सुरू गरेका थिए ।

त्यहाँ नेपाल तथा भारतका श्रद्धालु भक्तजनहरूको बोका, भेडाँ, परेवा, हाँस र माछा आदि बलिदान सामग्रीसहित दिनहुँ घुइँचो लाग्ने गरेको छ । प्रत्येक दिन ५० वटा भन्दा बढी तथा बडादसैँमा हजारौँ बोका, भेंडा, परेवा, हाँस र माछाको बलि चढाइन्छ । मनोकामना पूरा भएकाहरूले पञ्चबलिसमेत गर्छन् । वर्षेनी ३० हजार भन्दा बढि बलि प्रदान हुने गरेको विश्वास गरिन्छ । मन्दिरमा श्रद्धालु भक्तजनको दिनहँु भिड लाग्ने गरेको छ ।

मन्दिरलाई नेपाली प्यागोडा शैलीमा निर्माण गरिएको छ । त्यहाँ रहेको मुख्य मन्दिर प्यागोडा शैलीमा रहेको पाइन्छ जुन अति सुन्दर रहेको छ । मन्दिरमा पाँच स्तरको छाना रहेको छ ।

-धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्