Logo

“१२ सत्ताइस” मा “नाईं नभन्नू ल ५” को हिरा (भिडियोसहित)



चलचित्र “नाईं नभन्नू ल ५” बाट अभिनयमा डेब्यू गरेका अभिनेता अभिषेक नेपाल अभिनीत दोस्रो चलचित्र “१२ सत्ताइस” को ट्रेलर सार्वजनिक भएको छ । जोन योञ्जन निर्देशित चलचित्र २७ मंसिर प्रदर्शनमा आउने घोषणसहित ट्रेलर रिलिज गरिएको हो । चलचित्रको कथा पनि स्वयं निर्देशकले नै लेखेका छन् ।

“पैसा कमाउन १२ सत्ताइस गर्नुपर्छ” भन्ने सिद्धान्त बोकेका तीन बेरोजगार पात्रको कथामा चलचित्र आधारित छ । विकासराज आचार्य निर्देशित गत वर्ष प्रदर्शनमा आएको चलचित्र “नाईं नभन्नू ल ५” बाट अभिषेकले अभिनयमा डेब्यू गरेका हुन् । अभिषेक चलचित्रमा तीन बेरोजगारमध्ये एक पात्रको रुपमा प्रस्तुत भएका छन् । अभिषेकले ट्रेलर रिलिज कार्यक्रममार्फत सबैलाई एकपटक चलचित्र हेर्न आग्रह गरेका छन् ।

चलचित्रमा समिर श्रेष्ठ, काजी राना, अस्मिता लामिछाने, सम्राट थापा, विना कार्की, अस्मिता खनाल, अभोन राजलगायतका कलाकारहरुको अभिनय छ । ह्याप्पी प्ल्यानेट फिल्मस र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा बनेको चलचित्रमा रेनु राना, दिपक खतिवडा र रुपक थापाको लगानी रहेको छ । चलचित्रमा दिपक आर्जेको संगीत, श्रीधर पौडेलको पोस्टर फोटोग्राफी, कृष्ण भण्डारीको सम्पादन र अनिश स्यांगदेनको छायांकन छ । गौतम शाह चलचित्रको सह–निर्माता रहेका छन् ।

हेर्नुहोस् भिडियोः



प्रतिक्रिया दिनुहोस्