Logo

योगेश भट्टराईलाई मन्त्रीबाट हटाउन को को लागे



काठमाडौं, २८ कात्तिक । मिसन र भिजनका साथ मन्त्री बनेका एकजना उदयीमान नेतालाई मन्त्रीबाट हटाउन उड्डयन क्षेत्रमा एउटा समूह नै सक्रिय भएको छ । संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेलगत्तै योगेशले लोकप्रीय निर्णयहरु गरेका थिए । जुन व्यवसायीहरुले पचाउन सक्ने थिएन ।

देशको पर्यटन देखि सामाजको दुरगामी हितका लागि मन्त्री भट्टराईले लिएको निर्णयमध्ये हवाईजहाजमा ७५ वर्ष उमेर पार गरेकालाई छुट देखि आन्तरिक उडानमा समान भाडादर महत्वपूर्ण बन्यो । वृद्धवृद्धाको हितका लागि लिएको निर्णयले योगेशलाई समाजको तल्लो तहसम्म प्रीय बनायो । विगतमा तत्कालिन नेकपा एमालेको नौ महिने सरकारका पालामा ७५ वर्ष उमेर पार गरेकालाई वृद्धभत्ता दिने निर्णयले आजसम्म नेकपाको उचाई बढाएको छ ।

योगेशले हवाई भाडामा वृद्धवृद्धाका लागि छुटको घोषणा गरेपछि वृद्धवृद्धाको मन जित्न सके । तर, उड्डयन क्षेत्रका व्यवसायीका लागि असह्य भयो । उनीहरु मन्त्रीका विरुद्ध भित्री रुपमा सक्रिय भए ।

यसैगरी, मन्त्री भट्टराईले स्वदेशी र विदेशीलाई समान भाडादर लागू गराउने कदम चाले । विदेशीबाट दोब्बर भाडा असुलेर लाभ लिइरहेका व्यवसायीका लागि यो झन् अह्य भयो । असमान भाडादरका कारण विदेशी पर्यटक जति आउनुपर्ने हो त्यति नआएको बुझेपछि भट्टराईले कठोर तर दुरगामी महत्वको कदम चाल्न खोजे । यसप्रति नागरिक उड्डयन क्षेत्रका व्यवसायी असन्तुष्ट बनेका छन् । विदेशीलाई दोब्बर भाडा तिराएर लाभ लिइआएका उनीहरुले सार्वजनिक रुपमा आपत्ती जनाइसके । त्योसँगै मन्त्री हटाउने लबिङ गर्न थालेका छन् ।

मन्त्रिहरु परिवर्तन र जिम्मेवारी हेरफेरको चर्चा चलिरहँदा योगेशलाई अर्को मन्त्रालयमा पठाउने गरी उड्डयन क्षेत्रका व्यापारीहरुको सक्रियता बढेको छ । विशेषगरी निजी क्षेत्रका हवाई कम्पनिहरु मन्त्रीविरुद्ध लागेका छन् । नाम चलेका केही व्यवसायी शक्ति केन्द्र धाएर मन्त्रिमण्डल परिवर्तन गर्दा योगेश भट्टराईलाई अर्को मन्त्रालयमा सार्न भन्न थालेका छन् । सकेसम्म उनी मन्त्री नबनुन् भनेर लबिङ भइरहेको छ । व्यापारको स्वार्थमा भन्दा समग्र समाज र देश हितमा लाग्दा योगेशलाई मन्त्रीमा टिक्न मुश्किल परिरहेको बुझिएको छ । File Photo

 



प्रतिक्रिया दिनुहोस्