Logo

सिमानामा खुकुरी देखाएर कालापानी समस्या समाधान हुँदैनः मन्त्री बाँस्कोटा (भिडियोसहित)



काठमाडौं, २८ कार्तिक । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सिमानामा खुकुरी नचाएरमात्रै सिमा विवादको समाधान नहुने स्पष्ट पारेका छन् ।

बाँस्कोटाले सीमामा गएर खुकुरी नचाउँदै सीमा विवाद समाधान नहुने बताएका छन् । बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छन् मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

भारतसँगको सीमा विवादबारे सरकारले कुटनीतिक रुपमा पहल गर्ने पनि उनले विश्वास दिलाए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग अत्यन्तै राम्रो सम्बन्ध रहेकोले यो विषय कुटनीतिक रुपमा हल गरिने पनि उनले जनाए ।

तर, विवादलाई सडकमा उछाल्न नहुने उनको सुझाव छ । सरकारले राजनीतिक र कुटनीतिक माध्यमबाट विवाद समाधानको लागि पहल गरिरहेको पनि उनले विश्वास दिलाए । प्रधानमन्त्री ओलीले उक्त विषयमा भारतीय समकक्षीसँग कुराकानी तथा वार्ता गर्ने बाँस्कोटाले जनाए ।



प्रतिक्रिया दिनुहोस्