Logo

रेखा थापाको धार्मिक यात्रा



अभिनेत्री रेखा थापा हिन्दु राष्ट्र बनाउने जागरण अभियानमा लागेकी छिन् । उनी राप्रपा पार्टीको साथमा अभियानमा लागेकी हुन् । रेखाले आफ्नो फेसबुकमार्फत केहि तस्विरहरु सेयर गरेर धार्मिक यात्राको जानकारी गराएकी छिन् । धर्म निरपेक्ष गणतन्त्र नेपाललाई हिन्दुराष्ट्र बनाउने उद्देश्यसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले २८ कत्तिकदेखि धार्मिक जागरण यात्रा शुरु गरेको छ ।

४ मंसिरसम्म चल्ने यो जागरण अभियान यात्रा जनकपुरधाममा रहेको माता सीताको समाधिस्थलबाट शुरु भएर चितवनको वाल्मिकी आश्रम हुँदै भगवान बुद्धको जन्मस्थल लुम्बिनी पुगेर जनकपुर–लुम्बिनी धार्मिक यात्रा सम्पन्न हुनेछ । यात्रा सुरु भइसकेको छ । सबै धर्मबीच समानता, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र नेपाल र नेपाली हुनुको आधारशीला रहेको बताउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले धार्मिक जागरण यात्रा सुरु गरेको हो ।

अभिनेत्री रेखा पछिल्लो समय समाजिक चेतना दिने चलचित्रहरुको निर्माण गर्दै आएकी छिन् । चलचित्रबाट उनले समाज परिवर्तनको विचार राखेकी छिन् । उनको पछिल्लो युट्बुमा रिलिज भएको चलचित्र मालिकालाई धेरै दर्शकले मन पराएका थिए । बालबालिका, महिला शेषण र बालविवाहको अन्तय गर्नुपछि भन्ने सन्देश चलचित्रले दिएको छ । Photo Source: Rekha Thapa Facebook 



प्रतिक्रिया दिनुहोस्