Logo

शिवलाई सतीदेवीको स्तनपान



पश्चिम बंगालको बिरबुम जिल्लाको रामपुरहरबाट आठ किलोमिटरको दुरीमा बारका नदीको किनारमा तारापीठ प्रसिद्ध मन्दिर रहेको छ । त्यहाँ दर्शन गर्न जाने भक्तजनहरुको मनोकामना अवश्य नै पूरा हुने गर्दछ ।

तारापीठ महामसानमा पञ्चमुण्डीको आशानमा एकाग्रह मनले माता ताराको तीन लाख पटक जप गर्नाले कुनै पनि व्यक्तिको सिद्धि प्राप्त हुने मान्यता रहिआएको छ । माता ५१ पिठभित्र पर्दिनन् । तर, शिव चरित्र ग्रन्थमा सतीको आँखाको  झरेर उक्त शक्तिपीठ उत्पन्न भएको उल्लेख छ । त्यसकारण त्यस मन्दिरलाई महापीठ भन्ने गरिन्छ ।

चण्डी तारापीठका आराध्य देवी धार्मिक ग्रन्थका अनुसार उनले चण्डासुरको बध गरेकी थिइन् । त्यसकारण उनलाई चण्डी नामले चिनिन थालियो । जुन ठाउँमा माता ताराको मन्दिर छ त्यस गाउँको नाम पहिला चण्डीपुर थियो । पछि तारापीठ रहन पुगेको हो । माताको बाहिरी भाग टाउकोको मुनी शिलाको प्रतिमामा माता ताराले शिव भगवानलाई आफ्नो काखमा लिएर स्तनपान गराएको चित्र देख्न सकिन्छ ।

भनिन्छ, भगवान शिवले बिषपान गरेका थिए । त्यस समयमा माता ताराले स्तनपान गराएर अमृत पिलाएकी थिइन् यसले शिवलाई बिषजलनबाट मुिक्त मिलेको थियो । र सारा सृष्टिको रक्षा भएको थियो ।

तारापीठको दर्शन विहान र बेलुका सिंगारको समयमा मात्र हुने गर्दछ । माताले बशिष्ट देवको पहिलो इच्छा पूरा गर्नका लागि आफ्नो दर्शन दिएकी थिइन् भन्ने मान्यता रहेको छ । -धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्