Logo

मह जोडीको हातमा सुर्य रत्न



वरिष्ठ हाँस्यकलाकार मह जोडी अर्थात् मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सूर्य इन्टरनेशनल अवार्ड २०१९’ ले सुर्य रत्न प्रदान गर्ने भएको छ । जापानको टोकियोमा २४ नोभेम्बरमा हुन लागेको अवार्ड कार्यक्रमले “सूर्य रत्न सम्मान २०१९” बाट सम्मानित गर्न लागेको हो । संसारको सबै भन्दा महंगो सहर टोकियोमा अवार्ड कार्यक्रम हुँदैछ । अवार्ड नोमिनेशनमा परेकाहरुलाई आयोजकले आफ्नै खर्चमा टोकियो लानेछन् ।

चार दशक भन्दा लामो समय देखि यस क्षेत्रमा सक्रिय रहँदै आएका फिल्म कर्मी तथा टेलिभिजन कर्मी नीर शाहलाई ‘सूर्य लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिने भएको छ । त्यसैगरी, दुई दशक लामो पत्रकारितामा सक्रिय रङ्ग पत्रकार साथै फिल्म निर्देशक समेत रहेका लक्ष्मण सुवेदीलाई ‘सूर्य पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ ।

लामो समय यता कलाकारितामा लागेका क्याप्टेन समेत रहेका विजय लामालाई ‘सूर्य कलाकारिता सम्मान’ ले सम्मानित गरिने भएको छ । अभिनय , गायन , नृत्य र हास्य विधामा रहेर अवार्ड आयोजना गरिने र भव्यताका साथ कार्यक्रम सम्पन्न गरिने आयोजकको दाबी रहेको छ । सूर्य कर्पोरेसनका अध्यक्ष लामिछानेले अवार्डसँगै दिइने विशेष सम्मान तथा पुरस्कारले आफ्नो क्षेत्रमा निरन्तरता दिन झनै प्रेरित गर्ने उद्देश्यले प्रदान गर्न लागिएको जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्