Logo

प्रचण्डपछि रामचन्द्रले भने : सीमा विवादलाई अन्तराष्ट्रियकरण गर्नुहुँदैन्



काठमाडौं, २८ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सीमा विवादलाई अहिले नै अन्तर्रा्ष्ट्रियकरण गर्नु उपयुक्त नहुने बताएका छन् । बिहीबार झापाको बिर्तामोड पुगेका उनले नेपाली भूमिको चारैतिरका सीमाका ठोस प्रमाणहरु जुटाएर द्विपक्षीय वार्ताबाटै समाधान खोज्नुपर्ने बताए ।

नेता पौडेलले वार्ताबाट समाधान ननिस्किएमात्र मुद्दालाई अन्तर्रा्ष्ट्रियकरण गर्न सकिने धारणा राखे । अहिलेको सरकार बहुमतको सरकार भएकाले देशका चारैतिरका साँध–सीमाहरु व्यवस्थित गर्नेतर्फ सशक्तरुपमा प्रस्तुत हुनुपर्ने उनको भनाइ थियो । उनले सीमास्तम्भहरु ढलेपछि बनाउन ध्यान दिइँदैन भन्दै अहिले राष्ट्रियरूपमा जागरण आएका बेला सरकारले पहल गरेर भूमि विवाद समाधान गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्