Logo

दश केजी गाँजा सहित नियन्त्रणमा



पर्सा,२८ कात्तिक । प्रहरीले अवैध लागुऔषध गाँजा सहित एक जनालाई नियन्त्रणमा लिएको छ । पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ बस्ने शिवजन्म माझीलाई २७ कात्तिकमा नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली तथा प्रहरी चौकी रङगापुरबाट खटिइएको टोलीले उनको साथमा रहेको झोलाबाट १० केजी गाँजा बरामद सहित उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्