Logo

रानीको मर्दानी २ (भिडियोसहित)



बलिउड अभिनेत्री रानी मुखर्जीको मुख्य भूमिका रहेको फिल्म “मर्दानी २” को धमाकेदार ट्रेलर सार्वजनिक भएको छ । यो ५ वर्ष अगाडि बक्सअफिसमा सुपरहिट भएको फिल्म “मर्दानी” को सिक्वेल हो । रानी फिल्मको प्रमुख भूमिकामा प्रहरीको रुपमा प्रस्तुत भएकी छिन् । रोमान्टिक भूमिकाबाट आफूलाई टाढा राख्दै रानी पछिल्लो समय सामाजिक कथावस्तुमा आधारित फिल्ममा काम गरिरहेकी छिन् ।

सत्य घटनमा आधारित भनिएको फिल्मको ट्रेलरमा युवतीमाथि हुने बलात्कारको घटनाको छानबिन गरिरहेकी रानीलाई एक्सन अवतारमा देख्न सकिन्छ । १३ डिसेम्बरमा रिलिज हुने फिल्मलाई गोपी पुत्रनले निर्देशन र आदित्य चोपडाले निर्माण गरेका हुन् । यो फिल्मको पहिलो श्रृंखला प्रदिप सरकारले निर्देशन गरेका थिए ।

युट्युबमा रानीको एक्सन अवतार ट्रेलरलाई सबैले मन पराएका छन् । ‘मर्दानी २’ लाई ट्रेलरबाटै सुपरहिटको ट्याग दिन थालिएको छ । बक्सअफिसमा राम्रो व्यापार गर्न नसकेपनि दर्शकले रानीको पछिल्लो फिल्म “हिचकी” लाई मन पराएका थिए ।

ट्रेलर हेर्नुहोस्ः

Photo Source: Cinepati



प्रतिक्रिया दिनुहोस्