Logo

धार्मिक बन्यो दिपिका र रणवीरको पहिलो वर्षगाँठ



बलिउड अभिनेत्री दिपिका पादुकोण र रणवीर सिंहले पहिलो वर्षगाँठ धार्मिक स्थलमा मनाएका छन् । परिवारसँग तिरुपति मन्दिरमा गएर उनीहरुले आफ्नो पहिलो वैवाहिक वर्षगाँठ मनाएका छन् ।

दिपिका र रणवीरले १४ नोभेम्बर २०१८ मा इटालीको लेक कोमोमा विवाह गरेका हुन् । सञ्जय लिला भन्साली निर्देशित फिल्म “राम लिला” मा उनीहरुको भेट भएको थियो । विवाहको एक वर्षमै यो जोडी बलिउडका चर्चित जोडी मध्ये एक बनेको छ । अन स्क्रिन र अफ स्क्रिन दुवैमा यो जोडीलाई सबैले रुचाएको छ ।

दिपिका र रणवीरलाई छिट्टै कविर खानको खेलकुद ड्रामा जनरको फिल्म ८३ मा देखिनेछ । रणवीरलाई क्रिकेटर कपिल देवको भूमिकामा र दिपिकालाई क्रिकेटरकी पत्नी रोमी देवको भूमिकाम देखिनेछ । Photo Source: Deepika Padukone Instagram 



प्रतिक्रिया दिनुहोस्