Logo

बहिनी अन्माउँदा रोएवापत सजाय



आफ्ना ददीबहिनीलाई बिहे गरी अन्माउँदा जोकोही दाजुभाइको मन रुन्छ । कतिपय दाजूभाइले त आशु थामनै सक्दैन्न् र क्वाँक्वा रुन थाल्छन् । सहोदर दिदीबहिनीलाई बिदाइ गर्दा दाजुभाईले आशु झार्न स्वाभाविक हो । तर रुसको चेचान्यामा बहिनीको बिहेमा रोएवापत् एकजना दाइले सजाय भोग्नुपरेको छ ।

बहिनीको विवाहमा रोएको अभियोगमा एकजना पुरुषलाई सार्वजनिक रुपमा माफी मगाइएको छ। गत महिना एउटा भिडियो भाइरल बनेको थियो जहाँ बहिनीको बिदाइका बेला एकजना दाइ राइरहेको देखिन्थ्यो । तर त्यसरी रुनु चेचन्याको परपराविपरीत थियो । ती दाइको रुवाइ भिडियोमा सार्वजनिक भएपछि त्यसले ठूलै विवाद सिर्जना गर्यो । धार्मिक नेता रमजान कदीरोवका अनुसार बिहेको बेला रोएर ती युवकले चेचेन्याली परम्परा उल्लंघन गरेका छन् ।

एक त बहिनीको बिहेमा दाइ जानै नपाइने रहेछ । अझ गएर राइदिएपछि त नियमको घोर उल्लंघन नै भयो । अन्ततस् ती युवकमाथि कारबाही गर्ने निधोमा गाउँ पुग्यो । सजायस्वरुप ती युवकले सार्वजनिक रुपमा माफी मागे । ती युवकले मागेको भिडियो पनि कामाजिम सञ्जालमा चर्चित भएको छ । समाचारअनुसार चेचेन समुदायमा बिहेका बेला मानिसले आफ्नो भावना प्रर्दशन गर्नु राम्रो मानिदैन, चाहे त्यो पुरुष होस् वा महिला ।–एजेन्सी



प्रतिक्रिया दिनुहोस्