Logo

कहाँ हराए ती मन्दिरहरु



सोमनाथ मन्दिर,राम जन्म भूमी,कृष्ण जन्म भूमी, काशी विश्वनाथ मन्दिरको नाम धेरैले सुन्दै आएको कुरा हो । विदेशी आक्रोन्ताहरुले भारतमा आक्रमण गरी हिन्दु संस्कार र धर्मको आडमा रहेर त्यस्ता मन्दिरहरु तोडे र त्यस ठाउँमा मस्जिद बनाए । त्यहाँ हजारौ मन्दिर थिए जुन इस्लामिक आक्रमण, अहंकार र धर्मप्रचारको भेटी स्वरुप भयो । जसले ती मन्दिर भत्काए उनीहरुले हिन्दु सस्कृति र पूजापाठको खिल्ली उडाए ।

भारतामा इस्लामिक आक्रमणको सुरुवात अरब आक्रांत मोहम्मद बिन कासिमको सिंधमाआक्रमण भएको कारणबाट भएको थियो । ७१० ईस्वी संवतमा सिंधराजा दाहिरलाई हराएर उनले ईस्लामिक आक्रमणका लागि भारतको बाटो खोलिदिए । मोहम्मद बिन कासिमले सिंधमाथि जित हासिल गरेपछि इस्लामिक लुटेरा र आक्रमणकारीको लामो इतिहास रहेको छ ।

जसले हिन्दु, बौद्ध, जैन धर्म स्थलका पवित्र ठाउँहरुलाई तोड्दै मस्जिद बनाउँदै हिडें । महमूद गजनीको सोमनाथ माथि हमला गरी पवित्र ज्योतिलिंगको इतिहास हामी सबैलाई थाहा छ ।

भनिन्छ, महमूद धन सम्पत्ती लुट्नका लागि मात्र हिन्दु स्थान आएको थियो । पुजारीको आग्रहपछि ज्योतिलिंगक तोडेन । गजनीपछि दिल्ली राज्यको इतिहास पवित्र हिन्दु मन्दिरको तोडेर त्यहाँ मस्जिद बनाउने निर्णयमा पुग्यो । कुतुबद्दीन ऐबकले दिल्लीमा पहिलो मस्जिद कुव्वत अल इस्लामको निर्माण २७ ओटा हिन्दु मन्दिर तोडी तिनै सामाग्रीबाट निर्माण गराएको थियो । कुतुबमीनारमा राखिएको शिलालेखमा हिन्दु धर्मको पहिचान देख्न सकिन्छ ।

आक्रमणकारीको उद्देश्य हिन्दु सभ्यता र सस्कृतिको भ्रष्ट गर्नु थियो । मन्दिरलाई तोडेर अपवित्र गरी पूजारीहरुलाई मारेर आफ्नो बल देखाउन चाहन्थे । उनीहरु आफ्नो धर्म बलवान र हिन्दु धर्म कमजोर भएको सावित्र गर्न चाहनथे ।

शासनबाट छुटकारा पश्चात राम जन्मेको ठाउँमा राम मन्दिर बनाउने फैसला सर्वोच्च अदालतले हिन्दुहरुको पक्षमा फैसला सुनाएको छ ।-धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्