Logo

म्याकलेरेनले निकाल्यो छत बिनाको कार



म्याकलेरेन गाडी बनाउने चर्चित कार कम्पनी मध्ये एक हो । म्याकलेरेनले नयाँ किसिमका सुपरकारहरु डिजाइन गर्ने तथा बेच्ने गर्छ । यसैगरि यो कम्पनीले यस वर्ष छत बिनाको गाडी निकालेको छ । यो गाडीको नाम एल्भा बताएका छन् । १९ करोडको लागतमा यो गाडी निमार्ण गरिएको हो । यो गाडीमा छत नभएको कम्पनीले बताएको छ । यस्ता किसिमिको गाडीलाई आपन टप्ड रोडस्टार भनिन्छ ।

कम्पनीले केही अधिक मूल्य खर्च गर्ने ग्राहकका लागि विन्डशील्डको पनि व्यवस्था गरेको छ । खुला छत भएको कारण चालकको मुखमा हावा नलागोस् भनेर कम्पनीले एयर प्रबन्धक प्रणाली जडान गरेको छ । एयर प्रबन्धक प्रणालीले गाडीको खुला ठाउँबाट हावा जम्मा गरेर गाडीको अघिल्लो भागबाट हावा बाहिर तिर फाल्ने काम गर्छ ।
सम्भावित दुर्घटना खतरालाई मध्यनजरमा राखेर कम्पनीले रोलओभर संरक्षण प्रणाली जडान गरेको छ । जसले गाडी पल्टिदाँ रोलओभर संरक्षण प्रणाली स्वचालीत भएर चालकलाई सुरक्षित राख्ने काम गर्छ ।यस गाडीमा आँठ सय चार हार्सपावरको साथ वी ८ इन्जिन रहेको कम्पनीले जनाएको छ ।

एल्भाले तीन सेकेण्डमा जीरो देखि ६० माइल प्रति घण्टाको वेगमा गति दिन सक्दछ । उक्त मोडेल तीन सय ९९ वटा मात्र बनाउने यस कम्पनीले निर्णय गरेको छ । २०२० सम्ममा उक्त मोडल बजारमा आउने कम्पनीले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्